माओवादी केन्द्र छिन्नभिन्न हुदै

२०७४ पुष १२ गते, बुधबार

काठमाडौं, १२ पुस । नेकपा माओवादी केन्द्रका नेताहरु वैचारिक प्रश्न उठाउँदै पार्टीवाट अलग हुन थालेका छन् । केन्द्रीय तहका नेताहरु पार्टीवाट अलग हुने यो प्रक्रियासंगै माओवादी केन्द्र छिन्नभिन्न हुदै जाने क्रम सुरु भएको छ। यसरी अलग हुनेमा केन्द्रीय तहका नेताहरु गोपाल किराँती र आहुतीलगायतका छन् । अन्य कैयन केन्द्रिय स्तरका नेताहरु पनि प्रचन्डले पार्टीलाई एमालेमा विलय गराउन भन्दै अलग हुन् कम्मर कसेर बसेका छन् । माओवादी केन्द्रका नेता गोपाल किराँतीले त पार्टी एकिकरण प्रक्रियाको विरोध गर्दै नयाँ पार्टी सार्वजनकि गरेका छन् । एमालेसंगको पार्टी एकतामा असन्तुष्टी जनाउँदै उनले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) आठौं महाधिवेशन समुह भन्ने पार्टी बनाएका हुन । भने माओ दिवसको अवसर पारेर यो नयाँ समुह सार्वजनिक गरेका छन्। आठौं महाधिवेशन समुह सर्वहरावादी आन्दोलन र पहिचान आन्दोलनबीच समायोजनको विज्ञान मार्क्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शक सिद्धान्त र वैज्ञानिक समाजवाद स्थापनाको राजनीतिक कार्यदिशामा सहमत देशका सबै क्रान्तिकारी कम्युनिष्टहरुबीच दृढ एकता पक्षधरहरुको समुह भएको जनाईएको छ । अर्का नेता आहुतीले् पनि आफू अब माओवादी केन्द्रमा नरहेको सार्वजनिक गरेका छन्। पार्टी एकिकरण पछि माओवादी समुहको सांगठनिक नेतृत्व पनि नहुने र वैचारिक नेतृत्व पनि नरहने भएपछि माओवादीका विभिन्न तहका नेता कार्यकर्तामा नैराश्यता पलाएको छ। त्यो उनीहरुको सार्वजनिक अभिव्यक्तिमा पनि देखिन थालेको छ ।

प्रतिक्रियाहरु

[anycomment]