नेकपाका जिल्ला नेतालाई जेल चलान

२०७४ पुष १२ गते, बुधबार

काठमाडौं, १२ पुस । उदयपुर प्रहरीले नेपाल कम्युनिष्ट पार्टी उदयपुरका सेक्रेटरीसहित दुई नेतालाई जेल चलान गरेको छ । जिल्ला सेक्रेटरी बाबुराम सेवेदी र जिल्ला सदस्य बलबहादुर मगरलाई प्रहरीले मंगलबार पुर्पक्षको लागि प्रहरी हिरासतबाट जिल्ला कारागार शाखा उदयपुर बोक्सेमा जेल चलान गरेको बताइएको छ । प्रहरीले सुवेदी र मगरलाई मंसिर २१ गते सम्पन्न भएको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन भाँड्न विस्फोटक पदार्थ प्रयोग गरेर जिल्लाका विभिन्न स्थानमा बम विस्फोट गरेको आरोप लगाएको छ ।
उदयपुरको प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टका अनुसार अदालतमा मुद्दा चलिसकेका कारण पुर्पक्षका लागि जेल चलान गरिएको हो ।

प्रतिक्रियाहरु

[anycomment]