ओली प्रचण्ड भेट , पार्टी एकताको काम छिटो टुंग्याउने सहमति

२०७४ पुष १२ गते, बुधबार

काठमाडौं, १२ पुस । एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच आज छलफल भएको छ । ओली निवास बालकोटमा भएको भेटमा दुई शिर्ष नेताबीच नयाँ सरकार गठन, पार्टी एकता र राष्ट्रियसभा गठन अध्यादेशकाबारेमा केन्द्रित रहेर छलफल भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । दुई नेताबिच झण्डै डेढ घण्टा छलफल भएको अधिकारीले वताए ।
पार्टी एकताका विषयमा बाहिर आएका कुरा हल्ला मात्र भएकाले त्यस्ता हल्लाको पछि लाग्न नहुने, जतिसक्दो छिटो पार्टी एकताको काम टुंग्याउनुपर्ने, नयाँ सरकार गठनमा ढिलाई गर्न नहुने र सरकारले राष्ट्रपति कार्यालयमा पठाएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्नेमा दुवै नेता एकमत रहेको अधिकारीले जानकारी दिए । साथै एमाले र माओवादी केन्द्रको पार्टी संयोजन समितिको बैठक भोलि (बिहीबार) बस्ने पनि जनाईएको छ ।

प्रतिक्रियाहरु

[anycomment]