प्रचण्ड जेल जाने !

२०७४ पुष १३ गते, बिहीबार

काठमाडौँ , १३ पुस । जनयुद्धकालिन मुद्धामा जेल सजाय भोगिरहेका माओवादी नेता बालकृष्ण ढुंगेलले प्रहरीले आफुलाई गिरफ्तार गर्न सफल भएपछि अब अग्नि सापकोटासहितलाई पक्राउ गर्ने तयारी गरिरहेको र अन्तिममा प्रचण्ड र बाबुरामलाई नै गिरफ्तार गर्ने ठोकुवा गरेका छन । ढुंगेलले त्यतिबेला विज्ञप्ति निकाल्ने ब्यक्तो समेत कोही नपाउने दाबी गरेका छन । जनयुद्धलाई अपराध देख्ने राज्य संरचनाभित्रै रहेर समाजवाद ल्याउनु भन्ने प्रचण्डका कोरा सपना मात्रै भएको बताउँदै ढुंगेलले भने, “मलाई अपराधी देख्नु भनेको प्रचण्डलाई अपराधी भनेको हो, यो भनेको जनयुद्ध नै अपराधी गतिविधि थियो भन्ने नै हो, यही राज्यसत्तामै बसेर समाजवाद ल्याउछु भन्नु प्रचण्डले दिउँसै देखेको सपना हो । अझ आफ्नै पार्टीको नेता गिरफ्तार पर्दासम्म विज्ञप्ति निकल्ने हिम्मत नभएका प्रचण्डले समाजवादी क्रान्तिका कुरा बेकारका गफ मात्रै हुन् ।”
डिल्लीबजारस्थित कारागारमा भेट्न गएको पत्रकारहरुसँगको कुराकानीमा नेता ढुंगेलले नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुनु पर्ने बताएका छन् । उनले विचार मिल्ने पार्टीबीच एकता हुनुपर्ने भन्दै शुभकाना दिए । माओवादी केन्द्र एमालेको विचारमा पुगिसकेको भन्दै अब चाँडै एकता हुनुपर्ने बताउँदै कुनै पनि हालतमा भाडिनु नहुने बताउँदै नेता ढुंगलले जनयुद्धको नेतृत्व गरेको माओवादी नेतृत्वले एमालेको दक्षिणपन्थी विचार र कार्यदिशालाई स्वीकार गर्नु र दुःखद् भएको समेत बताए ।
“एउटै देशमा दुईओटा एमाले आवश्यक थिएन, एकता हुने भन्ने सुनेको छु । उहाँहरुलाई शुभकाना छ, दुईओटा दक्षिणतिरका यात्रामा रहेका कम्युनिस्ट पार्टी एक हुने राम्रै कुरा हो” ढुंगेलले भने । उनले एमाले अध्यक्ष ओली र माके अध्यक्ष ओलीले समाजवादी क्रान्ति गर्ने भनेर जनतालाई भ्रम दिएको समेत बताए ।
जनयुद्धलाई अपराध देख्ने राज्य संरचनाभित्रै रहेर समाजवाद ल्याउछु भन्ने प्रचण्डका कोरा सपना मात्रै भएको बताउँदै ढुंगेलले भने, “मलाई अपराधी देख्नु भनेको प्रचण्डलाई अपराधी भनेको हो, यो भनेको जनयुद्ध नै अपराधी गतिविधि थियो भन्ने नै हो, यही राज्यसत्तामै बसेर समाजवाद ल्याउछु भन्नु प्रचण्डले दिउँसै देखेको सपना हो । अझ आफ्नै पार्टीको नेता गिरफ्तार पर्दासम्म विज्ञप्ति निकल्ने हिम्मत नभएका प्रचण्डले समाजवादी क्रान्तिका कुरा बेकारका गफ मात्रै हुन् ।” एमाले र माकेको एकताले क्रान्तिकारीलाई बाटो खुला भएको समेत नेता ढुंगेलले बताए । “कसैले क्रान्तिकारी रथ अगाडि बढाउने हिम्मत गर्छ भने बाटो खुला हुँदैछ, यो क्रान्तिकारीको लागि खुशीको कुरा हो” उनले भने ।
नेता ढुंगेलले आफूलाई मात्रै नभएर विभिन्न मुद्धामा अरु नेताहरुलाई पनि जेल हाल्ने तयारी भइरहेको बताए । उनले माओवादी केन्द्रका नेता अग्नि सापकोटासहितका नेताहरुलाई दोस्रो चरणमा गिरफ्तार गर्ने र अन्तमा प्रचण्ड र बाबुरामलाई गिरफ्तार गर्ने दाबी समेत गरे ।
नेकपा एमाले र माओवादी केन्द्रबीच हुने भनिएको एकता चाँडो हुने पर्ने धारणा ढुंगेलले राखे । उनले प्रचण्ड जनयुद्धका एजेण्डा छोडेर एमालेको संशोधनवादी एजेण्डालाई आत्मसात गरेका कारण दुबै पार्टीबीच एकता हुनु अनिवार्य जस्तै भएको बताए । “एउटै देशमा एउटै विचार बोक्ने दुई पार्टी सम्भव थिएन, एमाले र माकेबीच एकता पनि त्यही हो” ढुंगेलले भने । उनले गणतन्त्रको लागि लडेको माओवादी शक्तिलाई एमालेमा भित्र्याएर आफू असली गणतन्त्रवादी एमालेहरु सच्चा गणतन्त्रवादी हुन लागेको बताए । ढुंगेलले राणाको विरुद्ध लड्ने प्रजा परिषद्लाई काँग्रेसले आफूसँग मिसाएर प्रजातन्त्रवादी भएजस्तै एमालेले माओवादीलाई मिसाएर गणतन्त्रवादी हुन लागेको बताए । उनले दुई पार्टीको एकतालाई सच्चा गणतन्त्रवादीलाई सिध्याउने एमालेको चाल भएको दाबी गरे ।
एमाले र माकेबीचको एकताले क्रान्तिकारी शक्तिलाई बाटो खुला हुने बताउँदै नेता ढुंगेलले चाँडो एकता हुनुपर्ने धारणा राखे । “एमाले र माके घोर दक्षिणपन्थी हुन् । त्यो भन्दा ठूलो दक्षिणपन्थी काँग्रेस भएका कारण मात्रै यतिमै रोकिएका छन्” ढुंगेलले भने । उनले माओवादी केन्द्रभित्रका क्रान्तिकारीहरुले सोच्ने बेला आएको समेत बताए ।
त्यसैगरी नेता ढुंगेलले अाफ्नो गिरफ्तारविरुद्ध सडक निस्केकोमा नेपाल कम्युनिस्ट पार्टीका नेता-कार्यकार्तालाई धन्यवाद दिए । अाफ्नै पार्टीका अध्यक्ष प्रचण्डले विज्ञप्ति निकाल्न हिम्मत नगरेको बेला नेकपा विप्लवले मु्द्दा व्यक्तिगत होइन भन्दै विज्ञप्ति निकालेको भन्दै धन्यवाद दिए ।

प्रतिक्रियाहरु

[anycomment]