काबुलमा शृंखलाबद्ध विस्फोट , ४० जना मारिए, ३० घाइते

२०७४ पुष १३ गते, बिहीबार

काठमाडौं, १३ पुस । अफगानिस्तानको काबुलमा शृंखलाबद्ध आत्मघाती विस्फोट हुँदा ४० जना मारिएका छन् । काबुलस्थित पश्चिम क्षेत्रमा रहेको सिया सांस्कृतिक तथा धार्मिक संगठनको तवावन सांस्कृतिक केन्द्रमा बिहीबार गराइएको शृंखलाबद्ध आत्मघाती विस्फोटमा ४० जना मारिनुका साथै अरु ३० जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता नसरत रहिमीले एएफपीलाई भने, ‘आक्रमण तवावन सांस्कृतिक केन्द्रमा लक्षित थियो । अफगानिस्तानमा सोभियत संघले गरेको आक्रमणको ३८ औं वर्षगाँठमा आयोजित एक कार्यक्रममा आक्रमणकारीहरुले शृंखलाबद्ध आत्मघाती विस्फोट गराएका छन् ।’
आक्रमणको जिम्मा हालसम्म कसैले लिएको छैन् । तालिबान आतंकवादी संगठनले एक बक्तव्य जारी गर्दै उक्त शृंखलाबद्ध आत्मघाती विस्फोटमा आफ्नो कुनै संलग्नता नभएको जनाएको छ । पछिल्लो समय इस्लामिक अतिवादी संगठन ‘आइएस’ले सिया मुसलमान समुदायका मानिसलाई लक्षित गरी शृंखलाबद्ध आक्रमण गरिरहेका छन् । गत सोमबारमात्रै पनि काबुलस्थित कूटनीतिक नियोगमा गराइएको आत्मघाती विस्फोटमा १० जना मारिएका थिए । अक्टोबरमा सिया समुदायको एक मस्जिदमा गराइएको विस्फोटमा ३९ जना मारिएका थिए । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु