हत्याको विरोधमा रुपन्देही बन्द

२०७४ पुष २१ गते, शुक्रबार

काठमाडौं, २१ पुस । युवा संघ नेपालले व्यवसायी बसन्त पौडेलको हत्याको विरोधमा रुपन्देही बन्दको घोषणा गरेको छ । उसले हत्यारालाई पक्राउ गरी कारबाहीको माग गर्दै अनिश्चितकालीन बन्द आहृवान गरेको हो । आज विहान अज्ञात समूहले फर्निचर व्यवसायी पौडेलमाथि देवदहमा गोली हानेको थियो । टाउको र छातीमा गोली लागेका उनको उपचारका क्रममा निधन भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]