सरकारविरुद्ध उत्रिएका राजकुमार पक्राउ

२०७४ पुष २३ गते, आईतवार

काठमाडौं, २३ पुस । सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका साउदी अरबका ११ जना राजकुमार पक्राउ परेका छन् । साउदी सरकारले राजपरिवारलाई उपलब्ध गराउँदै आएको बिजुली र पानीको सुविधा कटौती गर्ने घोषणा गरेपछि उनीहरुले राजधानी रियादमा सरकार विरुद्ध प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा उनीहरुले आफ्ना आफन्तहरुलाई दिइने भनिएको मृत्युदण्डको सजायको निर्णय उल्ट्याउनु पर्ने मागसमेत गरेका छन् ।
यता साउदी सरकारले भने देशमा छाएको आर्थिक मन्दीका सुविधा कटौती गर्ने निर्णय गरेको जनाएको छ । पक्राउ परेकाहरुमाथि सर्वसाधारणको दैनिकी प्रभाव पार्ने गरी प्रदर्शन गरिएको भन्दै मुद्दा दायर गर्ने तयारी सरकारले गरेको छ । यसैबीच साउदी सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गर्नुका साथै केही खाद्यान्नसहितका सामग्रीमा ५ प्रतिशतले कर बढाएको छ ।-एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु