म्यादी प्रहरीको मृत्यु छानविन प्रतिवेदन प्रति नेकपाको गम्भिर आपत्ति

२०७४ पुष २४ गते, सोमबार

काठमाडौं,२४ पुस । प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनमा म्यादी प्रहरीको तलवमा भ्रष्टाचार भएपछि कालिकोटमा भएको म्यादी र प्रहरीको विचको झडपमा प्रहरीको गाली लागी मृत्यु भएका विवेक ऐडीको छानविन समितिले नेपाल कम्युनिष्ट पार्टी घटनाको जिम्मेवार भएको प्रतिवेदन पेश गरेपछि नेपाल कम्युनिष्ट पार्टी कालिकोटले प्रतिवेदन झुटो र घटनाका दोषीहरुलाई वचाउन नियोजित रुपमा ल्याईएको वताएको छ । यस बिषयमा नेकपाका कालिकोट जिल्लाका सेक्रेटरी रणदिपले आज एक विज्ञप्ति प्रकाशित गरी मानवअधिकारवादी र पत्रकारहरुलाई घटनाको निष्पक्ष छानविन गर्न समेत माग गरेका छन् । १८ दिन पहिले सरकारले गृह मन्त्रालयका सहसचिव मान वहादुर विश्वकर्माको नेतृत्वमा नेपाल प्रहरीका डिआईजी रमेश खरेल समेत रहेको छानवीन समिती गठन गरेको थियो । विज्ञप्तिमा मृतकलाई शहिद घोषणा, परिवारलाई राहत र दोशिमाथि कडा भन्दा कडा कारवाही गर्न माग पनि गरिएको छ ।
यस बिषयमा नेकपाका कालिकोट जिल्लाका सेक्रेटरी रणदिपले जारी गरेको विज्ञप्ति यस्तो छ –

प्रतिक्रियाहरु

[anycomment]