नेपाल कम्युनिष्ट पार्टी (जनविद्रोह) गठन

२०७४ माघ २ गते, मंगलवार

काठमाडौँ, २ माघ । कम्युनिस्ट आन्दोनलका नेता निर्मल लामाकी पत्नी सुकन्या वाइवाले क्रान्तिकारी पार्टी निर्माणलाई अगाडि बढाएकी छन् । कम्युनिस्ट नेता लामाको जन्मजयन्तीको अबसरमा क्रान्तिकारी पूरा गर्ने उद्देश्य राखेर नेपाल कम्युनिष्ट पार्टी (जनविद्रोह) गठन गरिएको छ । नेपालमा राजनीतिक परिवर्तन नभएको बताउँदै लामाको सपना पूरा गर्ने पार्टीको उद्देश्य रहेको छ । त्यसैगरी लामाले अगाडि सारेको सर्वहारा वर्गीय दृष्टिकोणलाई अात्मसात गर्ने नीति पार्टीले लिएको छ ।
नवगठित पार्टीको महासचिवमा निमा फिन्जो लामालाई चुनिएका छन् । उनीसहित २१ केन्द्रीय कमिटी बनेको छ । जनतामाथि भएका अन्याय र भ्रष्टाचारविरुद्ध लड्ने महासचिव लामाले बताए । पार्टी घोषणा कार्यक्रममा सुकन्या पनि सहभागिता थियो ।

प्रतिक्रियाहरु

[anycomment]