कारागारमा मनोसामाजिक अस्पताल

२०७४ माघ १५ गते, सोमबार

काठमाडौं, १५ माघ । ललितपुरस्थित नख्खु कारागारमा मनोसामाजिक अस्पताल बनेको छ । भवन निर्माणको काम अन्तिम चरणमा पुगेकाले केही महिनापछि नै अस्पताल सञ्चालनमा आउने जनाइएको छ । यो अस्पताल कारागारमा सञ्चालित पहिलो मनोसामाजिक अस्पताल हुनेछ ।
यस कारागारमा रहेका झण्डै ८०० जना कैदी÷बन्दीमध्ये करिब २०० जना मानसिक रोगी रहेको जेलर टेकबहादुर केसी बताउँछन् । उनले भने, ‘मानसिक अस्पताल लगनखेलमा भएकाले पहिलेदेखि नै यहाँ मानसिक रोगी धेरै हुने गरेको पाइन्छ ।’ उनी भन्छन्, ‘त्यहाँका कारागार र कैदी÷बन्दी दुवैले यहाँ सरुवा खोजेका छन् ।’ धेरै कारागारले मानसिक रोगीलाई सरुवा गरेर पठाएको उनी बताउँछन् ।
पहिले धुलिखेलस्थित कारागारमा मानसिक रोगीको चाप बढी हुने गरेकामा अहिले नख्खु कारागारमा चाप बढेको छ । कारागारमा अहिले भएका मानसिक रोगीमध्ये कति कडा त कति नरम खालका मानसिक रोगबाट पीडित छन् । कतिपयले नियमित रुपमा औषधि खाइरहेका छन् । कतिलाई भने समस्या आउँदा तुरुन्त अस्पताल पु¥याउनुपर्छ । उनी भन्छन्, ‘हामी दैनिक तीन÷चार पटकसम्म मानसिक रोगी लिएर अस्पताल गइरहेका छौँ ।’
मानसिक अस्पतालमा अहिले अहेबले सामान्य उपचारबाहेक अरू सेवा छैन । अरू रोगका बिरामी समेत विभिन्न अस्पतालमा जाँच र कहिले भर्ना हुने गरेका छन् । मनोसामाजिक अस्पतालमा अरू सामान्य उपचारसमेत हुँदा सहज हुने जेलर केसी बताउँछन् ।- रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

२०८२ बैशाख २१ गते, आईतवार

कक्षा १२ को परीक्षा शुरु

२०८२ बैशाख २१ गते, आईतवार

शिक्षक र सरकारबीच ९ बुँदे सहमति

२०८२ बैशाख १८ गते, बिहीबार