नेकपाद्वारा जनजागरण अभियान सुरु

काठमाडौँ , १५ माघ । नेपाल कम्युनिस्ट पार्टीले तीन महिने जनजागरण तथा भण्डाफोर अभियान सुरु गरेको छ । काठमाण्डौ उपत्यका सहित देशैभर एकैपटक आजबाट अभियानको सुरुवात भएको हो । वर्तमान देशको संकट, जनताले व्यहोरेको सास्ती र संसदवादी दलहरुको सत्तामोहलाई जनतासमक्ष ल्याउनका लागि पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म अभियान सञ्चालन हुने नेकपाले जनाएको छ ।
नेकपाले काठमाण्डौको शान्तिवाटीकामा सभाको आयोजना गरि अभियानको उद्घाटन गर्यो । अभियान उद्घाटन गर्दै नेकपाका नेताहरुले मुलुकका सयौ स्थानमा सिमा मिचिएको तथ्य सार्वजनिक हुँदा पनि वर्तमान सरकार कानमा तेल हालेर बसेको भन्दै यो व्यावस्थालाई नै उखेलेर फाल्नुपर्ने बताएका थिए ।
नेकपाले उठाएको राष्ट्रियताका मुद्धामा सुरक्षा निकायहरुले पनि साथ दिनुपर्ने भन्दै उनीहरुले दिनानुदिन दशगजाहरु साघुरिदै जादा पनि कर्सिको मोहमा लिप्त राजनितक दलका नेताहरु नबोल्नु लाजमर्दो भएको भन्दै अब नेकपाले यस्ता दलला तथा भ्रष्टहरुबिरुद्धको कार्वाहि तिब्र पार्ने चेतावनी दिए । उनीहरुले संसदवादी दलहरु सत्ता र सरकारको भागवण्डामा रुमलिरहेको अवस्थामा देशको अस्तित्वमाथि बढ्दै गएको संकट, भ्रष्टाचार, कमिशन, महँगीविरुद्ध जनताको घरदैलोमा पुगेर भण्डाफोर गर्ने पनि जनाएका छन् ।
नेकपाका केन्द्रिय सदस्य आजादले दलाल संसदीय व्यावस्थाको संरक्षणमा भईरहेको राजनितिक , आर्थिक, सामाजिक तथा सास्कृतिक भ्रष्ट्रचारमा संलग्नहरुको भ्रण्डाफोर गर्नुका साथै जनतामा अहिले व्याप्त भ्रम चिर्न अभियान सुरु गरिएको बताए । उनले बैज्ञानिक समाजवाद नआएसम्म जनताको मुक्ति नहुने ठोकुवा गरे ।
यस्तै अनेमसंघकी महासचिव धिरेन्द्रा उपाध्यायले दलित , गरिव , महिला, भूमिहिन तथा शोसीतपिडित जनताको मुक्तिका लागी दलाला संसदिय व्यावस्थालाई जरैबाट उखेर फाल्नुपर्ने बताइन ।
अभियानको उद्घाटन अघि शान्तिबाटिकाबाट र्याली निकालिएको थियो । उक्त र्याली भोटाहीटी, असन, जमल र घण्टाघर हुँदै पुनः शान्तिबाटिका मै आएर कोणसभामा परिणत भएको थियो । सभामा पोलिटब्युरोृ सदस्य मोहन कार्की जिवन्त, वैकल्पिक कृन्द्रिय सदस्य मकर गुरुङ, अनेमसं क्रान्तिकारीको महासचि उपध्याय लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।