सुकुम्बासी बस्तीमा डोजर, नेकपाद्वारा आपत्ति

काठमाडौँ , १६ माघ । झापाको दमक नगरपालिकाले सुकुम्बासीहरुको बस्तीमाथी डोजर लगाउन सुरु गरेको छ । सोमबार दमक नगरपालिका वार्ड नं. ७ स्थित हाटखोलामा बर्सौं देखि बसोबास गरिरहेका २१ घर सुकुम्बासीहरुको बस्तीमाथी नगरपालिकाले डोजर लगाउन सुरु गरेको हो । सयौं प्रहरी र नगरपालिकाका मेयर रोमनाथ ओलि, वडा अध्यक्ष भिम पौडेल र नगरपालिका अधिकृत युवराज दहालको उपस्थितिमा सुकुम्बासी बस्तीमाथी डोजर लगाइएको छ । डोजरले एउटा घर भत्काएपनि संयौको संख्यामा भेला भएका बस्तिका जनताहरुको कडा प्रतिरोधपछि डोजरलाई फर्काइएको थियो । नाराजुलुस र आक्रमक उपस्थितिले बजार तातिएपछी प्रहरीहरुले पनि स्थानिय बासिन्दाहरुलाइ साथ दिएको बुझिएको छ । बर्सौं देखि बसोबास गरिरहेको बस्ति हटाएर सपिङ्ग कम्पेलेक्स बनाउने भन्दै नगरपालिकाका मेयर र केही जग्गा व्यापारी र कर्मचारिको मिलेमतोमा बिदेशी कम्पनिलाइ लिजमा जग्गा दिएर नाफा कमाउने उदेश्यले यो गरिएको स्थानियको आरोप छ ।
यता नेकपा दमकले यो कदम प्रती कडा आपत्ती जनाउदैं खबरदारी गरेको छ । नेकपा दमकद्वारा जारी गरिएको बिज्ञाप्तीमा बस्ती उठाइए पार्टी कडाकदम चाल्न बाध्य हुने बताइएको छ । नेकपा झापाका दमक नगर सेक्रेटरी सुमनसिंह पौडेलद्वारा हस्ताक्षरित बिग्यप्तिमा भनिएको छ ‘ यदि सुकुम्बासीको बस्ती उठाइए निकट दिनमै बस्ती उठाने पात्रहरुले चर्को मूल्य चुकाउनु पर्ने छ’।