व्यापारीद्वारा बजार बन्द

२०७४ माघ १६ गते, मंगलवार

काठमाडौँ , १६ माघ । गएरातिमात्रै सर्लाहीको सदरमुकाम मलंगवास्थित हार्डवेयर, कस्मेटिक, जुत्ता, किताब र फेन्सी पसलमा चोरी भएपछि व्यापारीले आज बजार बन्द गराएका छन । उद्योग वाणिज्य संघ मलंगवाका अध्यक्ष ईश्वर गुप्ताकाअनुसार विभिन्न व्यापारीले सन्चालन गरिरहेका हार्डवेयर, कस्मेटिक, जुत्ता, किताब र फेन्सी पसलमा चोरी भएको हो । जिल्ला प्रहरी कार्यालयनजिकै मुख्य बजार क्षेत्रबाट लाखौं रुपैयाँको धनमाल चोरी भएपछि स्थानीय व्यापारी त्रसित बनेका छन् । शान्ति–सुरक्षाको माग गर्दै मंगलबार बिहान केहीबेर व्यापारीहरुले मलंगवामा सबै व्यापार–व्यवसाय बन्द गरे ।
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल र प्रहरी प्रमुख मसउद आलम खाँले चोरी नियन्त्रणका लागि गस्ती बढाउने तथा चोरीमा संलग्नहरुलाई एक/दुई दिनभित्रै पक्राउ गरी कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएपछि बन्द खुलेको छ । मलंगवामा पछिल्लो समय शृङखलाबद्धरुपमा चोरीका घटना बढेको व्यापारीहरुले बताएका छन् । सर्लाहीका प्रहरी प्रवक्ता एवं डीएसपी राजेश थापाले सोमबार राति भएको चोरीका घटनामा संलग्न रहेको आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए । चोरी भएका सामानबारे विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से १८ अंकले घट्यो

२०८२ श्रावण १२ गते, आईतवार

नेप्से ३.७६ अंकले बढ्यो

२०८२ श्रावण ९ गते, बिहीबार