अदेन सहर पृथकतावादीको नियन्त्रणमा

२०७४ माघ १७ गते, बुधबार

काठमाडौं, १७ माघ । यमनको दक्षिण सहर अदेनलाई पृथकतावादीहरुले नियन्त्रणमा लिएका छन् । सरकारी सेनासँग संघर्षपछि पृथकतावादीले सहर आफ्नो नियन्त्रणमा लिएका हुन् । यमनका प्रधानमन्त्री अहमद बिन दागेरसहितका मन्त्रिपरिषदका सदस्यहरु राष्ट्रपति कार्यालयमा रहेका छन् । सेना र पृथकतावादी समूहबीच भएको भिडन्तमा ४० जनाको मृत्यु भएको रेडक्रसले जनाएको छ । पृथकतावादीले अदेनस्थित सैनिक बेसक्यामलाई पनि नियन्त्रणमा लिएका छन् ।
यमनको सरकारले अदेनमा आफ्नो अस्थायी राजधानी बनाएको थियो । त्यहाँको राजधानी सनालाई सन् २०१५ मा हुथी विद्रोहीले नियन्त्रणमा लिएपछि अदेनलाई राजधानी बनाइएको थियो । त्यसयता विद्रोही र सेनाबीच भएको संघर्षमा ९ हजार २४५ जनाको मृत्यु भइसकेको छ भने ३० लाख मानिस घाइते भएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

अमेरिकामा आँधी : २५ जनाको मृत्यु

२०८२ जेष्ठ ५ गते, आईतवार

ट्रम्पलाई सर्वोच्च अदालतको अंकुश

२०८२ जेष्ठ ४ गते, शनिबार

रुस र युक्रेनबीच वार्ता हुँदै

२०८२ जेष्ठ २ गते, बिहीबार