खुला कारागारको अवधारणा बन्दै
काठमाडौ , १० साउन। सरकारले यस वर्ष खुला कारागार निर्माणका लागि बजेट छुट्टयाएसँगै सरकारले सुधि्रएका कैदीलाई निगरानीमा राखेर स्वतन्त्रता दिन लागेको छ । पाँच बर्षभन्दा लामो प्रयासपछि यस कार्यमा बजेट आएसँगै ५/६ महिनाभित्रै खुला कारारगार सञ्चालनमा ल्याइने कारारगार व्यवस्था विभागका महानिर्देशक शम्भु कोइरालाले बताए ।राम्रो आचरण भएका कैदीले जेल बाहिर गएर जागिर खान पाउने र परिवारसँगै जेलमा बस्न पाउने गरी खुला कारागार अवधारणा लागू हुने भएको छ । यो अवधारणा यसैबर्षदेखि लागू गर्न लागिएको हो ।तीन सयजना राख्न सकिने गरी सरकारले यसअघि नै खुला कारागार निर्माण प्रक्रिया अघि बढाइसकेको छ । बाँकेको गनाहपुर गाविसमा खुला कारागार निर्माणका लागि विभागले जग्गा समेत तय गरेको छ ।‘खुला कारारगारमा कैदीहरु परिवारसहित बस्न पाउनेछन्,’ विभागका महानिर्देशक कोइराला भन्छन्, ‘तर उनीहरुले अन्य कैदीले जस्तो राज्यबाट पाउने सुविधा पाउँदैनन् । आफै काम गर्नुपर्ने हुन्छ ।’ खुला कारागारमा दिनभर जेलबाहिर गएर बस्न सक्छन भने साँझ जेलमै र्फकनुपर्ने हुन्छ ।