नेकपा कास्कीका कार्यकर्ता पक्राउ

काठमाडौं, १७ माघ । पोखरास्थित वडा प्रहरी कार्यालय बैदामको प्रहरी टोलीले नेपाल कम्युनिष्ट पार्टी कास्कीका तीन जना कार्यकर्ताहरुलाई पक्राउ गरेको छ । उनीहरुलाई सभागृहचोकमा भित्तेलेखन गरिरहेका समयमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका कार्यकर्ताहरुमा रमेशकुमार श्रेष्ठ, रविन्द्र राई र अग्नि पाण्डे रहेका छन् । उनीहरुले “पोखरा सभागृहको नीजिकरणको विरुद्ध संघर्ष गरा,ै. सभागृह बचाउ अभियानमा सहभागी बनौं” , दलाल संसदीय व्यवस्था खारेज गरौं, वैज्ञानिक समाजवाद निर्माण गरौं, लगायतका नाराहरु लेखिरहेका थिए । प्रहरीले उनीहरुले प्रयोग गरेको ग१ज ३४८४ न.. को भाडाको ट्याक्सीलाई समेत नियन्त्रणमा लिएको छ ।
यसैबीच नेपाल कम्युनिष्ट पार्टी कास्कीका सेक्रेटरी रुपेशले भित्तेलेखनका क्रममा पक्राउ परेका आफ्ना मजदूर कार्यकर्ताहरुलाई विना शर्त अविलम्व रिहाईको माग गरेका छन् । उनले विना हातहतियार शान्तिपूर्ण रुपमा भेला भई कार्यक्रम गर्न पाउने संवैधानिक व्यवस्थाको पालना गर्न पनि स्थानीय प्रशासनसँग माग गरेका छन् ।