‘नेताले धोका दिँदा मजदुरको अधिकार खोसियो ‘

२०७४ माघ २१ गते, आईतवार

काठमाडौं, २१ माघ । नेकपा माओवादी ( क्रान्तिकारी )निकट मजदुर संघ सुनसरीका पदाधिकारी र स्वतन्त्र गरी तीन दर्जन बढी मजदुरहरु नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । अखिल नेपाल औधोगिक मजदुर संघ क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रेम उराउले आज बिज्ञप्ती निकालेर मजदुरको हक अधिकार तथा समस्याहरुको हल नेकपाले मात्रै गर्न सक्ने भन्दै क्रान्तिकारी माअ‍ेवादी परित्याग गरि नेकपामा प्रवेश गरेको बताए । साथै उनले संघको मैनावती ईकाई ( मैनावती स्टिलको आधिकारीक ट्रेड युनियन) पनि नेकपामा प्रवेश गरेको जानकारी गराए ।

सुनसरीको दुहबी नगरपालीका आज आयोजित एक कार्यक्रमका बीच संघका अध्यक्ष अध्यक्ष प्रेम उराउ,पासर उराउ , सुभास ठकुरी , ईश्वर राई , नविन चौधरी , पुरुशोत्तम खवास लगायत तीन दर्जन मजदुर लाई नेकपाका जिल्ला ईन्चार्ज प्रज्वलले पार्टी प्रवेश गराए । मजदुरहरुलाई पार्टी प्रवेश गराउदै ईन्चार्ज प्रज्वलले विगतको ट्ेड युनियन आन्दोलनमा राजनितिक दलका नेताहरुले धोका दिएकोले मजुरवर्गको अवस्था अहिलेपनि दयनिय रहेको बताए । उनले नेपाल कम्युनिष्ट पार्टीले मजदुरका हक अधिकारका लागी जस्तोसुकै आन्दोलन गर्न तयार रहेको र निरन्तर संर्घष जारी रहने प्रतिबद्धता जनाए ।
यस्तै आजै एस टि कार्पेट , अरिहन्त मल्टिफाईबर्सका केहि मजदुरहरु नेकपामा प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा बोल्दै उराउले दलाल संसदीय व्यावस्थाका कारण मजदुरहरु चरम पिडमा परिरहेको र उनीहरुको जीवन दिन दिनै धरासायी बन्दै गएको बताए । सरकारी उद्योग तथा संस्थानहरुको निजीकरण र निजी क्षेत्रका उद्योगमा कार्यरत मजदुरले न्युनतम पारिश्रमिक समेत नपाएको भन्दै यस्तो समस्याको हल अब नेकपाले मात्रै गर्न सक्ने भएकाले आफुहरु पार्टी प्रवेश गरेको बताए ।

प्रतिक्रियाहरु

[anycomment]