एमाले र माके पार्टी एकता संयोजन समितिको बैठक बस्दै
काठमाडौँ, २६ माघ । एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता प्रक्रिया लगायतका बिषयमा छलफल गर्न एकता संयोजन समितिको बैठक बस्दै छ । पार्टी एकतालाई सार्थक निष्कर्षमा पु¥याएर सरकार गठनको मार्गप्रशस्त गर्ने विषयमा आजको बैठकमा छलफल हुने जनाईएको छ । हिजो एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच राष्ट्रियसभा सदस्य निर्वाचनको परिणाम, प्रदेशसभा र पार्टी एकताबारे भएको छलफललाई मुर्त रुप दिन आज एकता संयोजन समितिको बैठक बोलाईएको हो । आजको बैठकमा पार्टी एकताका सम्बन्धमा हालसम्म भएका प्रगति तथा भावी कार्ययोजनाका विषयमा छलफल गर्ने तथा वैचारिक तथा राजनीतिक विषयमा मतैक्यता कायम गर्न र सांगठनिक रुपमा मिलान गर्न समिति गठन गर्ने तयारीका बिषयमा छलफल गर्ने कार्यसूची छ