नेकपाद्वारा खुलालु – माल्कोट सडक निर्माण सुरु

काठमाण्डौ , १ फागुन । नेपाल कम्युनिष्ट पार्टीले आफ्नै लगानीमा कालिकोट जिल्लाको खुलालु मालकोट सडकखण्ड निर्माण कार्य थालनी गरेको छ । नेकपाको केन्द्रिय योजना अनुसार कालिकोटको खुलालु देखि लैफूसम्मको सडक खण्डमध्ये माल्कोटसम्मको सडक निर्माण गर्न लागीएको जनाईएको छ । यहि फागुनको पहिलो हप्ताबाट नै निर्माण कार्य सुरु गरिने उक्त सडकको आज उद्घाटन गरिएको छ ।
जनयुद्ध दिवशको अवसरमा जन परिषद नेपाल कालिकोटले आज खुलाल बजारमा आयोजना गरेको जनसभामा नेकपा केन्द्रिय सदस्य एटम विसीले उक्त सडकको उद्घाटन गरे । सो क्रममा उनले करिब ६ -७ महिनामा सडक निर्माण कार्य सम्पन्न गर्ने लक्ष लिईएको बताए । पहिलो चरणमा लालु लैफु सडकको खुलालु माल्कोट सडकखण्ड अन्तरगत १२ किलोमिटर सडक निर्माण गर्ने नेकपाले जनाएको छ । ससस्त्र जनयुद्ध सुरु गर्नुभन्दा अघि देखि निर्माणको योजना बनाईएको उक्त सडक २५ बर्षपछि नेकपाले निर्माण गर्न लागेको हो ।