नायब प्रहरी निरीक्षक श्रेष्ठ पक्राउ

२०७४ फाल्गुन २ गते, बुधबार

काठमाडौं, २ फागुन । मादकपदार्थ सेवन गरी डान्स क्लबमा झगडा गरेको आरोपमा महानगरीय प्रहरी वृत्त, जनसेवामा कार्यरत् नायब प्रहरी निरीक्षक (सई) राजुकमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार बिहान १ बजेतिर मादकपदार्थ सेवन गरी सादा पोसाकमा दरबारमागस्थित ‘आई क्लब’मा पसेका श्रेष्ठले क्लब सन्चालक र त्यहाँ रहेका अन्य व्यक्तिसँग झगडा गर्नुका साथै हो–हल्ला गरेका थिए । सोक्रममा उनले हतियारसमेत प्रदर्शन गरेको आरोप लागेको छ । श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त, दरबारमार्गको प्रहरी टोलीले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको काठमाडौं महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]