नेकपाका नेता सुदर्शन र बिकाश गिरफ्तार , तत्काल रिहा नगरे सडकमा उत्रने चेतावनी

काठमाडौं , ६ फागुन । नेपाल कम्युनिस्ट पार्टीको युवा सगठन राष्ट्रिय युवा जनस्वयमसेवकको राष्ट्रिय सम्मेलनमा उद्द्घाटन गर्न गएका नेकपाका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली ‘ सुदर्शन’ र पोलिट्ब्युरो सदस्य पदम राई ‘बिकाश’ लगायतका नेतालाई प्रहरीले गिरफ्तार गरेको छ । बिराटनगरमा हुन् लागेको राष्ट्रिय युवा जनस्वयंसेबकको तेस्रो राष्ट्रिय युवाको सम्मेलनका प्रमुख अतिथि बनेर गएका नेताहरुलाई प्रहरीले बाटो बाटै गिरफ्तार गरेको बताइएको छ । प्रहरीले बाटो बाटै आफ्ना नेतालाई गिरफ्तार गरेपछि नेकपाले घाेर आपत्ति जनाएको छ । नेकपाका प्रवक्ता प्रकाण्डले त्यस्तो हर्कत नगर्न प्रहरी प्रशासनलाई कडा चेतावनी दिदै गिरफ्तार नेताहरुलाई तत्काल बिनासर्त रिहा गर्न माग गरेका छन । प्रवक्ता प्रकाण्डले शान्तिपूर्ण कार्यक्रममा प्रहरी हस्तक्षेप , दमन र घेराबन्दीले पार्टीलाई आक्रोशीत बनाएको बताएका छन । उनले सरकारलाई यस्तो हर्कत तकाल बन्द गर्न चेतावनी समेत दिएका छन । अन्यथा सरकारको हस्तक्षेपकारी दमन बिरुद्ध जनता सडकमा उत्रने र त्यसवाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकार स्वयंले लिनु पर्ने उनले बताए ।