ओलीको सरकारको दमनविरुद्ध नेपाल बन्द

काठमाडौं, ६ फागुन । नेकपाले केपी ओली नेतृत्वको सरकारको दमनविरुद्ध नेपाल बन्द आयोजना गरेको छ । आज बिहान प्रहरीले नेकपाका स्थायी समिति सदस्य सुदर्शन लगायतका नेतालाई गिफ्तार गरे पछि नेकपाले फागुन ८ गते नेपाल बन्दको आह्वान गरेको हो । यसैबीच , प्रहरीले नेकपाका स्थायी समिति सदस्य सुदर्शन लगायतका नेतालाई गिफ्तार गरेको विरोधमा विराटनगरका विभिन्न ठाउँहरुमा प्रदर्शन भइरहेका छन् । अहिले झापाको काँकडभित्तामा विरोध जुलस प्रर्दशन भइरहेको छ । यस्तै पक्राउको विरोधमा विराटनगरको महेन्द्रचोकमा पनि रुद्र पौडेलको नेतृत्वमा विरोध प्रदर्शन भएको छ । जुलुसबाट १० जनालाई प्रहरीले पक्राउ गरेको छ । यस्तै विराटनगरकै संसारीमाइमा गरिएको विरोध जुलसमाथि प्रहरीले लाठि चार्ज गर्दा त्यस क्षेत्रमा तनाव उत्पन्न भएको खबर छ ।
यसैगरी , प्रहरीले सुनसरीबाट विराटनगरतर्फ जादै गरेको चारवटा बस मोरङको हातिमुढामा नियन्त्रणमा लिएको छ । यस्तै विभिन्न ठाउँहरुबाट गरी ९ बस प्रहरीले नियन्त्रणमा लिएको नेकपाको पुर्वी कमाण्ड कार्यालयले जनाएको छ । ती बसहरुमा विराटनगरमा आज हुने भनिएको राष्ट्रिय युवा जनस्वयं सेवकको उद्घाटन समारोहमा भागलिनेहरु सवार थिए । भर्खरै प्राप्त समाचारअनुसार विराटनगरको महेन्द्रचोकमा भइरहेको विरोध प्रर्दशनका क्रममा युवा जनस्वंसेवकका जिल्ला अध्यक्ष सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।