अखिल क्रान्तिकारीद्वारा नेपालगन्ज मेडिकल कलेजविरुद्ध प्रदर्शन

२०७४ फाल्गुन ११ गते, शुक्रबार

काठमाडौँ, ११ फागुन । नेकपा निकट अखिल (क्रान्तिकारी)ले नेपालगन्ज मेडिकल कलेजले विद्यार्थी र आम जनताको हित विपरीतका गतिविधि गरेको भन्दै कलेज घेराउ तथा विरोध प्रदर्शन गरेको छ । बिहीबार कजेल परिसरमा अखिल (क्रान्तिकारी) भेरीब्युरोद्वारा आयोजना गरिएको विरोधसभालाई संगठनका केन्द्रीय सदस्य धर्म बडुवालले सम्बोधन गरेका थिए । उक्त मेडिकल कलेजले विश्वविद्यालयले तोकेको शुल्क भन्दा विद्यार्थीहरुबाट बढि शुल्क लिएको, कलेजमा दक्ष शिक्षक र आवश्यक शैक्षिक सामग्रीको व्यवस्था नगरेको, स्वदेशी र विदेशी विद्यार्थी एवं चिकित्सकमाथि विभेद गरेको अखिल (क्रान्तिकारी)को भनाई छ ।
साथै सामान्यत अस्पतालमा दुई जना विरामी बराबर एउटा भेन्टिलेर आवश्यक हुनुपर्नेमा बाइस जना विरामी बराबर एउटा मात्र भेन्टिलेर अस्पतालमा राखिएको, आवश्यकता अनुसार स्वाथ्यकर्मीको व्यवस्था नगरेको र कर्मचारी राख्दा ठेकेदारी र ज्यालादारी प्रथा अन्त्य नगरेको भन्दै अखिल (क्रान्तिकारी)ले विभिन्न मागहरु सहितको अपिल सार्वजनिक गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

२०८२ बैशाख २१ गते, आईतवार

कक्षा १२ को परीक्षा शुरु

२०८२ बैशाख २१ गते, आईतवार

शिक्षक र सरकारबीच ९ बुँदे सहमति

२०८२ बैशाख १८ गते, बिहीबार