सेना प्रमुखसहित उच्च सैन्य अधिकारी बर्खास्त

२०७४ फाल्गुन १५ गते, मंगलवार

काठमाडौँ, १५ फागुन । साउदी अरब सरकारले सेना प्रमुखसहित उच्च सैन्य अधिकारीहरुलाई बर्खास्त गरेको छ । बर्खास्त हुनेहरुमा वायु सेना र स्थल सेनाका उच्च अधिकारीहरु रहेका छन् । साउदीका राजा सलमानको आदेशले उच्च सैन्य अधिकारीहरु बर्खास्त गरिएको भए पनि बर्खास्त गर्नुको कारण भने खुलाइएको छ । बर्खास्त गरिएकाहरुको स्थानमा नयाँ नियुक्ति गरिएको छ । रक्षा मन्त्रीसमेत रहेका राजकुमार मोहम्मद विन सलमानले सैन्य अधिकारीहरुलाई बर्खास्त गर्नुका धेरै कारण रहेको बताएका छन् ।
साउदी नेतृत्वको गठबन्धन सेनाले यमनका विद्रोहीमाथि शुरु गरेको कारबाहीको तीन वर्ष पूरा हुने बेलामा साउदी सरकारले उच्च सैन्य अधिकारीलाई बर्खास्त गरेको हो । यमनमा साउदी हस्तक्षेपका कारण हुथी विद्रोही देशको दक्षिणी भागमा सिमित भएका छन् । तर अझै राजधानी सनासहितका केही इलाकामा झडप हुने गरेका छन् ।
हुथी विद्रोहीले साउदीको राजधानी रियादमा मिसाइल आक्रमण गर्दै धम्की दिँदै आएका छन् । यसैबीच साउदी सरकारमा केही उपमन्त्री नियुक्त गरिएको छ । उपमन्त्री हुनेमा तमादुर विन्त युसुफ अल रमाह नामकी एक महिला पनि छन् ।-एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु