ब्राउनसुगरसहित दुई भारतीय पक्राउ

२०७४ फाल्गुन १५ गते, मंगलवार

काठमाडौं, १५ फागुन । प्रदेश प्रहरी कार्यालय दिपायल मातहत क्षेत्रीय अनुसन्धान समूह (आइटी)बाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउनसुगरसहित दुईजना भारतीय नागरिकलाइ पक्राउ गरेको छ । प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर–४ स्थित शिवपुरीधाम परिसरबाट ३५ ग्राम लागुऔषध ब्राउनसुगर (खैरो हेरोइन)सहित उनीहरुलाई पक्रेको हो । पक्राउ पर्नेमा भारत, उत्तर प्रदेशको लखिमपुर खिरी बस्ने ३० वर्षीय सागर चौधरी र सोही ठाउँ बस्ने ३५ वर्षीय धर्मसिंह राना रहेका छन् । प्रहरी टोलीले उनीहरुलाई पक्रेको आइटीका प्रहरी सहायक निरीक्षक केशव जोशीले जानकारी दिए । पक्राउ परेकाहरुले भारतबाट ब्राउनसुगर खरिद गरी नेपालमा ल्याएर विभिन्न सहरहरुमा बिक्री–वितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।

प्रतिक्रियाहरु

[anycomment]