ज्वरोका कारण ७२ जनाको मृत्यु

२०७४ फाल्गुन १८ गते, शुक्रबार

काठमाडौं, १८ फागुन । नाइजेरियामा ‘लासा’ नामक ज्वरोका कारण ७२ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकी देशमा पाइने एक प्रकारको मुसा (मस्टोमिस) को पिसाव वा उसलाई छोएका कारण लाग्ने रोगलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले लासा ज्वरोको संज्ञा दिएको छ । प्रयोगशालामा परीक्षण गर्दा ३१७ जनामा लासा ज्वरो पुष्टि भएको र ती मध्ये ७२ जनाको मृत्यु भएको डब्लुएचओले जनाएको छ । नयाँ वर्षको बेलादेखि सुरु भएको पत्ता लागेको यस्तो ज्वरो नाइजेरियाका १८ राज्यमा फैलिएको रोग नियन्त्रण केन्द्रको तथ्यांक छ । रोग नियन्त्रण केन्द्रले सबै प्रदेशमा खानपानमा उच्च सतर्कता अपनाउन नाइजेरियाली नागरिकहरुलाई आह्वानसमेत गरेको छ । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु