मनहरी गाउँ पालिकामा जनसरकार

२०७४ फाल्गुन २१ गते, सोमबार

काठमाडौं ,२१ फागुन । नेपाल कम्युनिस्ट पार्टी मकवानपुर अन्तर्गत मनहरी गाउँ पालिकाको जन प्रतिनिधिसभा र जन सरकार तथा जन परिषद घोषणा भएको छ। नेकपा मनहरी गाउँ पालिकाद्वारा आयोजित सो सभाको अध्यक्षता सेक्रेटरी आयुशले गरेका थिए भने प्रमुख अतिथि मकवानपुर जिल्ला सेक्रेटरी अनुराग , बिशेष अतिथिमा मकवानपुर जिल्ला जनसरकार प्रमुख निर्दोस ,अखिल नेपाल महिला संघ क्रान्तिकारिका नारायणी ब्यूरो संयोजक रेखा ,गाउँ पालिका इन्चार्ज राज कुमार पाख्रीन , जनसरकार उप प्रमुख गिता कार्की लगायतका अथितिहरुको उपस्थिति थियो । सभालाई जिल्ला सदस्य गुणा सिंह रुम्बाले संचालन गरेका थिए । भेलाले २१ सदस्यीय जन प्रतिनिधि सभा र ७ सदस्यीय जनसरकार तथा जन परिषद घोषणा गरेको छ। नव गठित कार्य समितिको प्रमुखमा गुणा सिंह रुम्बा र उप प्रमुखमा केशर बस्नेत लगायतको २१ सदस्यीय जन प्रतिनिधि सभा र ७ सदस्यीय जनसरकार तथा जन परिषद घोषणा भएको छ।

प्रतिक्रियाहरु

[anycomment]