नारी – लीला दाहाल

२०७४ फाल्गुन २४ गते, बिहीबार

नारी स्वतन्त्रताकै भाषाण छाट्नेबाट
पीडित बनेपछी
आफ्नै परिवार र आफ्नै मान्छेबाट
हेपिएपछी
कलम रुपि तरवार बोकेर
कम्मरमा आत्मा बिश्वासको
पटुकी बाधेर
मनमा शक्ति
एकता र संकल्पको माला बुन्दै
अथाह जबर्जस्ती लादिएको तानाशाही प्रवृत्तिको
पहाड फोर्न
उ अचेल साहासिएकी छे
आफ्नै घरबाट बाहिर निस्कदा
आफ्नै मान्छेबाट
छिमेकीबाट
हजारौं प्रश्न र उत्तरको लडाइ लडेर
उ संधर्षमा होमिएकि छे

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार