चोरहरुको साम्राज्य – सुमन सिंह

रमाइलो छ !
रामाइलो मान्नु पर्ने बाध्यता छ,
रमाउनै पर्ने परिस्थिति छ
वार्ड अध्यक्ष कुखुरा चोर
उपमेयर बाख्रा चोर
मेयर गाईभैंसी चोर
संसदहरु
कोहि टिन चोर
कोहि फलाम चोर
कोहि त्रिपाल चोर
कोहि गाडी चोर
कोहि घडी चोर
मन्त्री भनौदाहरु
रास्ट्रका साधन श्रोत चोर
चोरै चोर भेला भएर
समृद्धिको हौवा फैल्याउने
जनतालाइ उल्लु बनाउने
अकुत सम्पती रातारात कुम्ल्याउने
रास्ट्र र जनतालाइ
खोक्रो बनाउने…..
केपि महाराज
पिके महाराज
तिम्रो साम्राज्य
चोरहरुले चलेको छ
दलालहरुले चलेको छ
भ्रस्टहरुले चलेको छ
यहाँ,
ढुङ्गा चोर
बालुवा चोर
जंगल चोर
पानि चोर
जनताको सपना चोर
जनताको जीवन चोर
सहिदहरुको रगत चोर
तिमिले सिकाएको संस्कृति
पढाएको पाठ
तिम्रा कारिन्दाहरु
तिम्रै चाहाना बमोजिमको
चोर साम्राज्य खडा गर्न
दिन रात मिहेनत गरिरहेकाछन
बलातकारीहरुको भिड जम्मा गरेर
तस्करहरुको जालो बनाएर
भ्रस्टहरुको घेरामा बसेर
तिमी भनिरहेका छौ
मेरो साम्रज्य सुगन्धित छ
तर,
तिम्रो साम्राज्यको दुर्गन्ध र
फोहोर मैलाको ढल
यतै उंदि बगिरहदा
तिम्रो साम्राज्यको सम्मानमा
लाखौं पटक
सम्मानपुर्वक श्रद्धाञ्जली ब्यक्त गर्न
रहर जागेर आउँछ
डांकाहरुले उल्का मच्चाएको
तिम्रो साम्राज्य
आनन्दको छ
रमाइलो छ
खुसियाली छ
जय खपु साम्राज्य
जयहोस………