जीवन रङ्गमन्च – कौशिला रिसाल

२०७४ चैत्र १२ गते, सोमबार

म अहिले रङ्गमन्चको
पर्दाभित्र छु
दर्शकहरूको ठूलो
भिडका अगाडि
जीवनको विशेष घडीमा ।

निर्देशकको इशारामा
घोकेका डाइलग बोल्नु
विभिन्न भावभङ्गिमा
आफूलाई प्रस्तुत गर्नु
मेरो जिम्मेवारी हो ।

रङ्गमन्चको यो क्षण
जीवनमा भेटिएका
पात्रहरूसङ्गको
अनौठो संयोग ।

रङ्गमन्चमा भएकै कारण
देखिने, भेटिने र बोलिने
अनेकथरि चरित्रसङ्ग
मेरो अगाध स्नेह छ,
बडो आत्मियता छ ।

जानेको हु
बनावटी हासो
आँखा झिम्क्याई
ओठ बङ्याइ
आँसु झराई
यी सबै
मेरा लागि
फगत हुन् ।

फेरि
त्यही फगतको
नियतिमा फसेर
दर्शकको ताली पाउन
लालायित चर्चित पात्र
म अहिले रङ्गमन्चमा छु ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार