१ मिलिमिटर लामो तथा १ मिलिमिटर चौडाइको कम्प्युटर !
काठमाडौं, १३ चैत । विश्वमा विज्ञान तथा प्रविधिले अनेकैं फड्को मारीरहेको छ । त्यस्तै हालै एक कम्पनीले विश्वकै सानो कम्प्युटर प्रदर्शन गर्ने तयारीमा रहेको छ । फाइभ इन फाइभ भन्ने अवधारणामा आयोजना हुन लागेको सम्मेलनमा आँदो पाँच वर्षमा मानवीय जिवनशैलीमा नै परिवर्तन ल्याउनसक्ने आविष्कार तथा प्रविधिहरु प्रदर्शन गरिनेछ । त्यासमा आइबीएम कम्पनीले आफुले तयार पारेको विश्वको सबैभन्दा सानो कम्प्युटर पनि प्रदर्शन गर्नेछ ।
समाचार अनुसार यो कम्प्युटरको आकार नुनको सानो ढिकाको टुक्रा जत्रै छ । अर्थात् विश्वकै सबैभन्दा सानो यस कम्प्युटर १ मिलिमिटर लामो तथा १ मिलिमिटर चौडाइको रहेको छ । यतिमात्र होइन, यो तयार पार्ने लागत पनि अविश्वसनीय रुपमा कम छ । अर्थात् जम्मा दश सेन्ट मात्र । यसअघि मिसिगन माइक्रो मोटेले सन् २०१५ मा सबैभन्दा सानो आकारको कम्प्युटर तयार पारेको थियो । त्यसको आकार २ मिलिमिटर लम्बाई तथा २ मिलिमिटर चौडाई थियो । आइबिएमले बनाएको कम्प्युटर त्यसभन्दा आधा सानो छ । यो सानो कम्प्युटरले आउँदो ५ वर्षमा प्रविधिको दुनियालाई पूर्णरुपमा बदल्ने दाबी कम्पनीको छ । के यति सानो आकारको कम्प्युटरले वास्तवमा अन्य कम्प्युटरले गर्ने काम गर्न सक्छ की देख्नका लागि मात्रै हो त रु यदि यस्तो सोँचाईमा हुनुहुन्छ भने ढुक्क बन्नुस् यो कम्प्युटरको स्टामिना तथा पर्फमेन्स दमदार छ । यो कम्प्युटरले पर्फमेन्सको आधारमा अरु ठूला कम्प्युटरलाई माथ गर्दछ ।
यो कम्प्युटरमा हजारौँ ट्रान्जिस्टर्सको प्रयोग गरिएको छ । साथै यसमा इन्टर्नल मेमोरी, पावर ब्याट्री, चिप, ३८६ पावर्ड प्रोसेसर, ४ एमबीको र्याम, एलइडीमा आधारित एक कम्युनिकेसन युनिट तथा फोटो डिटेक्टर पनि रहेको छ । यति सानो ग्याजेटमा यी सबै डिजिटल डिभाइस हुनुका कारणले यो कम्प्युटरले वास्तवमै राम्रो पर्फमेन्स दिन्छ । आगामी ५ वर्षभित्रमा यो कम्प्युटरलाई अझै सानो आकारको तथा शक्तिशाली बनाइने कम्पनीको योजना छ । यो कम्प्युटरको प्रयोग खासगरी सप्लाई चेन म्यानेजमेन्ट लगायतमा हुने बताइएको छ । यो कम्प्युटरको नाम तथा मूल्य कति हुने भन्ने बारेमा चाहीँ आइबीएमले केही खुलाएको छैन ।