एनसेलको टावरमा आगजनी
काठमाडौं, १६ चैत । नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले एनसेलको अर्को टावर अागजनी गरेका छन् । राज्यलाई सबै कर तिर्न अानाकानी गरेको भन्दै नेकपाले एनसेलको टावरमाथि अागजनीगर्दै आएको छ । यसैक्रममा नेकपाले विहीबार राति रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, स्याङ्जा, वागलुङ, नवलपरासीलगायतका जिल्लामा रहेका एनसेल टावरहरुमा अागजनी गरेको हो । अाफूसँग गरेको प्रतिवद्धताअनुसार कर नतिरेको भन्दै नेकपा कार्यकर्ताहरुले मध्यराति अागजनी गर्दा कपिलवस्तुको विजयनगर गाउँपालिका जुटपानिमा र बाणँगगा नगरपालिका जिनउमा रहेका २ एनसेल टावरमा पूर्ण रुपमा ध्वस्त भएको बताइएको छ ।
त्यस्तै रुपन्देहीको रुद्रपु, स्याङ्जाको विर्घामा,पाल्पाको माथगढी,गुल्मीमा रहेको टावर, बागलुङको कोठेखोला,सिन्धुलीको कपिलाकोटलगायत मध्य नेपालका दर्जनभन्दा बढी टावरमा अागजनी गरिएको छ । मोवाइसेल सेवा प्रदायक कम्पनी एनसेलका टावरमा अागजनी भएपछि त्यस क्षेत्रमा सेवा अवरुद्ध भएको छ ।