९ वर्षीय बालकको पुस्तक विमोचन
काठमाडौं, १६ चैत । कक्षा–३ मा पढ्ने नयन घिमिरेले लेखेको पुस्तक विमोचन गरिएको छ । वृहस्पति विद्या सदनमा अध्ययनरत ९ वर्षीय घिमिरेले लेखेको पुस्तक बालसाहित्यकार गोपाल पराजुलीले उक्त पुस्तक विमोचन गरेका हुन् ।
वृहस्पति विद्या सदनमा कक्षा–३ मा पढ्ने घिमिरेले दुई महिना लगाएर कुकुरकाबारेमा पुस्तक लेखेका जनाइएको छ । सानैदेखि कुकुरकाबारेमा चासो राख्ने नयनले इन्टरनेट र कुकुरसम्बन्धी पुस्तकको सहयोग लिएर उक्त पुस्तक लेखेको बताएका छन् ।