२०७५ सालको बिदा सार्वजनिक

२०७४ चैत्र १९ गते, सोमबार

काठमाडौं, १९ चैत । सरकारले २०७५ सालको बिदाको सूची प्रकाशित गरेको हो । २०७५ मा शनिबार बाहेक नयाँ वर्ष, शिवरात्री र फागु पूणिर्मामा देशभर बिदा हुनेछ । संविधान जारी भएको दिन असोज ३ गते राष्ट्रिय दिवसको बिदा, मजदुर र अन्तराष्ट्रिय महिला दिवस, बुद्ध जयन्तीको दिन देशभर विदा हुनेछ । दशैँ विदा असोज ३० देखि कात्तिक ३ तथा तिहार विदा कात्तिक २१, २२ र २३ गते हुनेछ । सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि १३ दिन बिदा दिइएको छ । महिलाका लागि तीज र जितीया पर्व मनाउने महिलाका लागि असोज १६ गते बिदा हुनेछ । काठमाडौं उपत्यकाको लागि चार दिन जात्रा विदा र शिक्षण संस्थाको लागि वसन्त पञ्चमीमा एक दिन विदा हुनेछ ।

प्रतिक्रियाहरु

[anycomment]