डा. सन्दूकलाई पद्म श्री पुरस्कार

२०७४ चैत्र २० गते, मंगलवार

काठमाडौं, २० चैत । भारत सरकारले नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई प्रतिष्ठित पद्म श्री पुरस्कार प्रदान गरेको छ । सस्तो मूल्यमा मोतीविन्दूको शल्यक्रिया गरी एक लाखभन्दा बढी मानिसलाई ज्योति प्रदान गरेको भन्दै भारत सरकारले नेपालका चर्चित नेत्र रोग विशेषज्ञ डा. रुइतलाई सम्मान गरेको हो ।
डा. रुइतको प्रविधिले मोतीविन्दूको शल्यक्रिया शुल्क ९० प्रतिशतसम्म कम भएको भन्दै भारतले विश्वका ३० भन्दा बढी देशमा उक्त प्रविधि प्रयोग भइरहेको जिकिर गरेको छ । भारत सरकारले त्यहाँको गणतन्त्र दिवसका अवसरमा डा. रुइतलाई सम्मानको घोषणा गरेको थियो । सोमबार साँझ नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित एक समारोहमा भारतका राष्ट्रपति रामनाथ कोविन्दले डा. रुइतलाई पद्म श्री प्रदान गरेका हुन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

२०८२ बैशाख २१ गते, आईतवार

कक्षा १२ को परीक्षा शुरु

२०८२ बैशाख २१ गते, आईतवार

शिक्षक र सरकारबीच ९ बुँदे सहमति

२०८२ बैशाख १८ गते, बिहीबार