कालिका कन्स्ट्रक्सनको क्याम्पमा विस्फोट

काठमाडौं, २० चैत । कालिका कन्स्ट्रक्सन कम्पनीको क्याम्पमा आगजनी र विस्फोट भएको छ । हेटौंडा-सिन्धुलीको सीमामा पर्ने हरिहरपुरगढी-५ झ्याडीस्थित क्याम्पमा गएराति विस्फोट र आगजनी भएको हो । आगजनीबाट एउटा बोलेरो जिपमा पूर्ण क्षति र दुईवटा ट्रिपरमा आंशिक क्षति भएको बताइएको छ । विस्फोट र आगजनीबाट करोडौं मूल्य बराबरका मेसिन, गाडी र भवनमा क्षति पुगेको बुझिएको छ ।