पूर्वराष्ट्रपतिलाई २४ वर्ष जेल

२०७४ चैत्र २३ गते, शुक्रबार

काठमाडौं, २३ चैत । दक्षिण कोरियाको एक अदालतले त्यहाँका पूर्व राष्ट्रपति पार्क ग्युन हेईलाई २४ वर्ष जेल सजाय तोकेको छ । उनलाई भ्रष्टाचारको आरोपमा अदालतले उक्त सजाय तोकेको हो ।
‘जनताले दिएको अधिकारलाई राष्ट्रपतिका रुपमा उहाँले दुरुपयोग गर्नुभयो,’ शुक्रबार न्यायाधीशले फैसला सुनाउँदै भने । अदालतका अनुसार उनीमाथि लगाइएका १८ मध्ये १६ आरोपमा उनलाई कसुरदार ठहर्‍याइएको छ । उनलाई १७ मिलियन डलर जरिवानासमेत तोकिएको छ ।तल्लो अदालतले सुनाएको यो फैसलाविरुद्ध पूर्वराष्ट्रपति पार्कले पुनरावेदन गर्ने अपेक्षा गरिएको छ । अदालतले फैसला सुनाउँदा उनी भने उपस्थित थिइनन् । उनलाई यसअघि नै हिरासतमा लिइएको छ । अदालत परिसर बाहिर उनका सयौं समर्थक भेला भएका थिए । उनी दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति हुन् । भ्रष्टाचार आरोपमा अपदस्थ हुनेमा पनि उनी पहिलो दक्षिण कोरियाली राष्ट्रपति हुन् ।-एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]