डढेलो नियन्त्रणबाहिर

२०७४ चैत्र २६ गते, सोमबार

काठमाडौं, २६ चैत । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कस्थित पूर्वी जुरेथुम्का सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । हिजो बिहान ९ बजे त्रिवेणी भुलभुलेबाट सुरु भएको डढेलो नियन्त्रण बाहिर गएको हो । डढेलो क्रमशः खनालबेँसी, ढकाल बेँसी र राईगाउँ हुँदै बनपालातर्फ फैलिएको वडाध्यक्ष बिरेन्द्र ढकालले जानकारी दिए । जिल्लाकै दोस्रो ठूलो सामुदायिक वनको पूर्वी जुरेथुम्काबाट सुरु भएको भीषण डढेलो क्रमशः पश्चिम जुरेथुम्कातर्फ फैलिँदै गएको हो । जंगल सकिएपछि मात्र डढेलो आफैं नियन्त्रणमा आउने अवस्था देखिएपछि स्थानीयले आगो निभाउने प्रयास रोकेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु