ट्र्याक्टर दुर्घटना चालकको मृत्यु, तीन जना घाइते

२०७४ चैत्र २७ गते, मंगलवार

काठमाण्डौ , २७ चैत । रोल्पाको सुनछहरी गाँउपालिका–५ कसलामा गएराति ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।मृत्यु हुनेमा रोल्पा नगरपालिका–३ सिमलवाङका ३२ वर्षीय गणेश बुढा रहेका छन् । उनको घटनास्थलमा नै मृत्यु भएको हो । सोही दुर्घटनामा ट्र्याक्टरमा सवार लुंग्री गाँउपालिका–५ स्यारका १६ वर्षीय बिक्रम सुनार, १८ वर्षीय गणेश सुनार र रोल्पा नगरपालिका–१० धवाङका १९ वर्षीय रपबहादुर पुन मगर घाइते भएका छन् । घाइतेहरुको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गएराति ९ बजे लु१त ९३४२ नम्बरको ट्र्याक्टर सडकबाट अन्दाजी ५ मिटर तल खसेको इलाका प्रहरी कार्यलय सुलिचौरले जानकारी दिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु