कारागारमा झडप, २० जनाको मृत्यु

२०७४ चैत्र २८ गते, बुधबार

काठमाण्डौ , २८ चैत । ब्राजिलको उत्तरी क्षेत्रमा रहेको बेलेमको करागारमा रहेका कैदीलाई भगाउन सशस्त्र समूहले प्रयास गर्दा २० जना मारिएका छन् । सशस्त्र समूहले कारागारको पर्खालमा बिस्फोट गराई कैदी भगाउने प्रयास गर्दा उनीहरु मारिएका हुन् । मारिनेमा १९ कैदी र एक जना सुरक्षा गार्ड छन् । घटनामा चारजना घाइते भएका छन् । घटनालगत्तै सुरक्षा गार्डले सशस्त्र समूहमाथि जवाफी कारबाही गरेको थियो ।-एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]