प्रतिबन्धित ४९ लाख भारुसहित दुईजना पक्राउ

२०७४ चैत्र २९ गते, बिहीबार

काठमाडौं, २९ चैत । महानगरीय प्रहरी परिसर काठमाडौंले प्रतिबन्धित एक हजार र ५०० दरका भारतीय नोट ४९ लाख ३१ हजार ५०० सहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई काठमाडौंको लाजिम्पाटबाट पक्राउ गरेको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक विश्वराज पोखरेलले जानकारी दिए । पक्राउ पर्नेहरुमा आफूलाई कपडा व्यापारी बताउने मोरङ, कटहरी गाउँपालिका–३ का सुनिलदेव वैश्य र नुवाकोट, शिवपुरी गाउँपालिका–५ का चेतबहादुर नेपाली रहेका छन् । उनीहरुलाई प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग पठाइने परिसर प्रमुख पोखरेलले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ४ दशमलव ८३ अंकले बढ्यो

२०८२ भाद्र १० गते, मंगलवार

नेप्से २१.३० अंकले बढ्यो

२०८२ भाद्र ९ गते, सोमबार

११ कम्पनी कालोसूचीमा

२०८२ भाद्र ९ गते, सोमबार