बस पल्टिँदा ४० घाइते

२०७० श्रावण १८ गते, शुक्रबार

सप्तरी, १८ साउन । सप्तरीको राजविराज–छिन्नमस्ता सडकखण्डअन्तर्गत कोचाबखारी गाविस–७ मा हिजो दिउँसो यात्रुबाहक बस पल्टिँदा ४० भन्दा बढी यात्रु घाइते भएका छन् ।छिन्नमस्ताबाट राजविराजतर्फ आउँदै गरेको स.१ ख ५२२ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई दिउँसो १ बजेतिर सडक छेउमा पल्टिँदा त्यसमा सवार ४० भन्दा बढी यात्रु घाइते भएका हुन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]