भारतीय दूतावासमा बम बिस्फोट !

२०७५ बैशाख ४ गते, मंगलवार

काठमाडौं, ४ बैशाख । भारतीय दूतावसको इकाइ कार्यालयमा बम विस्फोट भएको छ । पर्साकाे विराटनगर–१३ स्थित भारतीय राजदूतावास इकाइ कार्यालयको पश्चिमपट्ठिको पर्खालमा सोमबार साँझ बम विष्फोट भएको हो।
नेपाल सरकारको अनुमतिविना भारतले जबरजस्ती राखेको कार्यालयमा आठ बजेर १५ मिनेटमा बम विस्फोट भएको थियो । प्रहरीका अनुसार बम विष्फोटबाट पर्खालमा सामान्य क्षति भएको छ । मोटरसाइकलमा आएका दुई जनाले झोलामा बोकेर ल्याएका बम राखेर त्यहाँबाट भागेको बुझिएको छ। अनुमतिविना वर्षाैदेखि विराटनगरमा सञ्चालनमा रहेको उक्त कार्यालय हटाउन बेला बेला आवाज उठेपनि नेपाल सरकारले भारतसँग हटाउनका लागि पहल गरेको छैन्।

प्रतिक्रियाहरु

[anycomment]