एमालेको युवा संघ विभाजन हुदै

२०७५ बैशाख ४ गते, मंगलवार

काठमाडौं, ४ बैशाख ।नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपाल विभाजनको संघारमा पुगेको छ । माधवकुमार नेपाल पक्षले युवा संघ विभाजनको निर्णय गरेपछि युवा संघ दुई खेमामा भिभाजित हुने भएको छ । युवा संघ विभाजनको निर्णय आज ४ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिने तयारी भएको सचिव नरेश शाहीले बताए ।
अध्यक्ष राजीव पहारी, पूर्व अध्यक्ष महेश बस्नेतलगायतको समूह बामपन्थी एकतादेखि विधि र नियम मिच्न उद्यत रहेको ठहर गर्दै समानान्तर कमिटी गठनको निर्णय भएको शाहीले बताए । युवा संघलाई राजनीतिक संगठनभन्दा पनि लुटीखाने भाँडो बनाएर चलाएको ठहर नेपाल समूहको छ । ‘कसको नेतृत्वमा समानान्तर कमिटी गठन गर्ने भन्ने छलफल जारी छ, समानान्तर कमिटी गठन गर्ने निर्णय भइसकेको छ’, शाहीले भने विधि, प्रणाली र राजनीतिक काम नगरेका कारणले हाम्रो समूहले समानान्तर कमिटी गठन गरेर अघि बढ्नु उचित हुने ठहर गरेको छ ।’

प्रतिक्रियाहरु

[anycomment]