‘प्रहरी उचाल्नेलाई छोड्दैनौं’

२०७५ बैशाख ४ गते, मंगलवार

काठमाडौं, ४ वैशाख । नेपाल कम्युनिष्ट पार्टीले गिरफ्तार नेताहरुलाई रिहा नगरे आन्दोलनमा जान बाध्य हुने चेतवनी दिएको छ। नेकपा दाङका सेक्रेटरी विक्रमले गिरफ्तार नेताहरुलाई रिहा नगरे जिल्ला बन्दलगायतका संघर्षका कार्यक्रम गर्ने र सोबाट उत्पन्न परिस्थितिका जिम्मेदार प्रहरी प्रशासनलाई भड्काउने जनप्रतिनिधि समेतले लिनुपर्ने चेतावनी दिएका छन ।
नेकपा दाङका सेक्रेटरी विक्रमले विज्ञप्ति जारी गरेर जिल्ला पार्टी सदस्य विकास ओली र इश्वरी पाण्डेलाई सोमबार तुलसीपुरबाट प्रहरीले प्रहरीले गिरफ्तार गरेको भन्दै सत्सर्ना गरेका छन् । प्रहरीले विना कारण आफ्ना जिल्ला नेता गिरफ्तार गरेको भन्दै सेक्रेटरी विक्रमले विज्ञप्ति जारी गरेर आफ्ना दुई नेतालाई विना कारण प्रहरीले गिरफ्तार गरेको बताउँदै तुरुन्त रिहाईको माग गरेका छन् । “हामी यो गैरकानुनी र अन्यायपूर्ण गिरफ्तारीको घोर भत्र्सना र निन्दा गर्दछौं र गिरफ्तारी साथै दुबै जनालाई विनासर्त रिहाइ गर्न माग गर्दछौं” विक्रमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एकिकृत जनजागरण अभियानको क्रममा ओली र पाण्डेलाई प्रहरीले गरिफ्तार गरेको नेकपा दाङले बताएको छ ।

प्रतिक्रियाहरु

[anycomment]