वि.पि प्रतिष्ठान भ्रष्टचार र कमिसनको अखडा !
काठमाण्डौ , ७ वैशाख । वि.पि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान भ्रष्टचार र कमिसनको अखडा बन्न थालेको बताइएको छ । सो प्रतिष्ठान भ्रष्टचार र कमिसनको अखडा बन्न थालेको समाचार व्याप्त हुन् थाले पछि नेपाल कम्युनिष्ट पार्टीको लिम्बूवान स्वायत्त प्रदेश जिल्ला जनपरिषद सुनसरीले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । जनपरिषदले बिहिवार बिज्ञप्ती जारी गरि स्वास्थ्य सेवा प्रभावहिन बनाएर प्रतिष्ठान मातहत रहेको स्रोत साधन र आयोजनालाई कमिसन र भ्रष्टचारको थलो बनाउन प्रतिष्ठानको पदाधिकारी र बिभिन्न तत्वहरु लागेको भन्दै यसप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
भवन निर्माणको लागत अनुमान र पराहर्म दाता छनौटमा एमआरआई खरीदमा ठूलो अनियमिता भएको सार्वजनिक भएको भन्दै जनपरिषदले भ्रष्टचार , कमिशनमा लागेर जनताको स्वास्थ्य सेवामा खेलवाड गर्ने विरुद्ध जनकार्वाहि गर्ने पनि चेतावनी दिएको छ ।
बिज्ञप्तिमा भनिएको छ, कमिसनको प्रलोभनमा एमआरआई खरिदमा पर्ने मूल्य भन्दा बढीमा स्वीकृति दिने कार्यर्मा वर्तमान उपकुलपति एवम् पदाधिकारी संलग्न देखिनु, सार्वजनिक खरिद ऐन र प्रकृया विपरित बोलपत्र स्वीकृत वा रद्ध गर्न, निर्माणधिन कामहरु अबरुद्ध गर्ने जस्तो क्रियाकलाप जनताको हित विपरित छन् ।मातृ तथा शिशु स्याहार केन्द्र (एमसीएच) कार्डियोलोजी जस्ता निर्माणाधिन काम रोकिनु दुखद छ ।
होस्टल निर्माणमा ठेकेदारको लापरवाही हुँदा पनि त्यसलाई बेवास्ता गर्नुका साथै प्रतिष्ठानको जग्गा भाडामा दिने तथा उपयोग गर्ने बिषयमा नियम विपरितका गतिबिधिहरु भईरहेको पनि जनपरिषदले जनाएको छ ।
जनपरिषदले भ्रष्टचार र कमिसनको खेलमा जनताले उचित उपचार नपाएकोतर्फ अस्पताल प्रशासन र पदाधिकारीहरुलाई पटक पटक ध्यानाकर्षण गराएको पनि जनपरिषदले जनाएको छ ।
जनपरिषदले कमिशनको लोभमा सामान्य सेवाबाट हुने अप्रेशन तथा उपचारलाई पेईङ क्लिनकिमा उपचार गरेर बढी पैसा तिर्न बिरामिलाई बाध्य पार्ने, बिरामीलाई सही सूचना र जानकारी नदिने, औषधी तथा अन्य सामग्रीमा कमिसनको लागि चलखेल गर्ने , जनतालाई समस्यामा पार्ने कार्य भईरहेको प्रति सचेत गराउदै यस्तो कार्य नरोकिए जनकार्वाहि गर्ने चेतावनी दिएको छ ।