आज लोकतन्त्र दिवस

२०७५ बैशाख ११ गते, मंगलवार

काठमाडौं, ११ बैशाख । आज बाह्रौ लोकतन्त्र दिवस । मुलुकभर जनस्तरमा विभिन्न कार्यक्रम गरी लोकतन्त्र दिवस मनाइदै छ । २०६२/६३ जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते लोकतन्त्र स्थापना भएको सम्झनामा आज लोकतन्त्र दिवस मनाउने गरिन्छ । लोकतन्त्र स्थापनापछि शान्ति प्रक्रिया निष्कर्षमा पुगे पनि संविधान कार्यान्वयन नभएसम्म स्थिरता कायम हुन सकेको छैन ।
संविधान कार्यान्वयनका लागि तीनै तहको चुनाव हुुनु जरुरी छ । वैशाख ११ गतेको जगमा देशमा ठूला परिवर्तन भए पनि यो दिन बिरानो बन्दै गएको छ । यो विशेष दिनलाई सरकार र राजनीतिक दलले पनि बिर्सिए झै गरेका छन् । परिवर्तनलाई संस्थागत गर्ने र ब्यवहारमा लोकतान्त्रिक चरित्र देखाउने काममा सरकार र राजनीतिक दल चुक्दा नागरिकका सपना अझै पूरा हुन सकेका छैनन् । २०६३ वैशाख ११ गते राति तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ साल जेठ ८ गते विघटन भएको संसद् पुनस्र्थापना गरेका थिए । पुनस्र्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु