मजदुर सम्मेलन सुरु

काठमाडौं, १८ वैशाख । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घको छौटौें राष्ट्रिय सम्मेलन सुरु भएको छ । १२९ औं मे दिवसको अवसर पारेर महासङ्घको छौटौें राष्ट्रिय सम्मेलन आजवाट पोखरामा सुरु भएको हो । नेकपा निकट सो महासङ्घले एकीकृत जनक्रान्ति जिन्दावाद ! राष्टघात, जनघात, भ्रष्टाचार र मजदुर आन्दोलन उत्पीडनका विरुद्ध हाम्रो अभियान ! एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद प्राप्तिको लागि छैटौं राष्ट्रिय सम्मेलनको नारा तय गरेको छ । सम्मेलनको उदघाटन उद्घाटन गर्दै नेकपाका स्थायी समिति सदस्य तथा जनसरकार प्रमुख सन्तोष बुढामगरलगायत पोलिट ब्युरो सदस्य तथा जनसरकारका सभामुख उमा भुजेल ), केन्द्रीय सलस्य बन्धु चन्दलगायतले सम्बोधन गरेका छन । कार्यक्रम सुरु हुनु भन्दा पहिले पोखराको विभिन्न स्थानबाट विशाल र्यालीसहित उद्घाटन सभामा हजारौं सहभागिता रहेको बताइएको छ ।