स्थानीयले प्रहरीलाई लखेटे !

काठमाडौं, १९ वैशाख । राष्ट्रियता, जनतन्त्र, जनजीविकाका पक्षमा र दलाल पुँजीवादी संस्कृतिका विरुद्ध अखिल नेपाल जनसांस्कृतिक महासंघ लुम्बिनी व्युरोले संचालन गरिरहेको एकीकृत जनजागरण अभियान अन्तर्गत कपिलवस्तुमा क्षितिज परिवारको सांस्कृतिक कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेको छ । कपिलवस्तुको दानापुरमा भइरहेको कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेको हो । कार्यक्रम स्थलबाटै प्रहरीले अखिल नेपाल जनसांस्कृतिक महासंघ कपिलवस्तुका सचिव तथा क्षितिज परिवारका सहसंयोजक आत्मालाई गिरफ्तार गर्न खोज्दा स्थानीयले प्रतिरोध गरेका थिए । नेपाल कम्युनिस्ट पार्टी निकट कलाकारको सांस्कृतिक कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेपछि स्थानीयले प्रहरीमाथि ढुंगामुडा समेत गरेका छन् । मंगलबार राति कार्यक्रम स्थलमा प्रवेश गरेर गिरफ्तार गरिएका अात्मालाई स्थानीयले खोसेका छन् तर केही स्थानीलाई गिरफ्तार गरिएको छ ।