एमाले र माकेका व्यसवासीले गाडी ग्यारेजमा थन्क्याए
काठमाडौं, २१ वैशाख । सिण्डिकेट पक्षधर यातायात व्यवसायीले आह्वान गरेको बन्दका कारण देशभरको यातायात सेवामा असर परेको छ । सिण्डिकेट खारेजीको माग गर्दै चरणबद्ध रुपमा आन्दोलन गर्दै आएका यातायात व्यवसायीहरुले आज देशभर यातायात बन्द गरेका छन् । व्यवसायीहरुले आज विहानैबाट यातायातका साधनहरु चलाएका छैनन् । राजधानी काठमाडौँलगात देशभर यातायात बन्दको प्रभाव परेको छ । सडकमा यातायातका साधनहरु न्यूनमात्रामा छन् । यात्रुहरु अलपत्र परेका छन् । सडकमा निजी सवारी साधन र भाडाका ट्याक्सी र रिक्साहरु चलिरहेका छन् ।
सरकारले यातायात बन्द गर्ने व्यवसायी समितिको रुट परमिट खारेज गर्ने चेतावनी दिँदै आएको छ । सरकारको चेतावनीको बेवास्ता गर्दै एमाले र माओवादी केन्द्र निकट पश्चिम नेपाल र पृथ्वी यातायातलगायतका व्यवसायी समितिहरुले पनि यातायात बन्द गरेका छन् । सरकारले उनीहरुले सहयोग गर्ने अपेक्षा गरेको थियो । यसैबीच केही कम्पनीमा दार्ताको प्रक्रिया सुरु गरेको केही यातायात व्यवसायी समितिहरुले गाडी चलाउने तयारी गरेका छन् । उनीहरुलाई प्रहरीले सुरक्षा दिने बताइएको छ ।